काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पुल्चोकले आयोजना गरेको विरोध र्यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् ।
पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुनः पुल्चोक क्याम्पस डिन कार्यालयमा आएर र्याली सकिएको थियो। त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर संकलन गरेका हुन् ।
पुलचोकका विद्यार्थीले ‘प्रकृतिलाई न्याय दे’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लेकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए ।
‘प्रकृति लम्सालले न्याय पाउन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ ! ‘ नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारीले भने । उनले अन्य विद्यार्थीहरूले पनि आफूहरू प्रकृतिको न्यायको लागि उपस्थित भएको बताएका छन् ।