काठमाडौँ । ९७ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेस र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालीन प्रदान गरेको हो ।
तालिम काठमाडौँमा सञ्चालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक प्रति जनताको विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताएका छन् ।
विभिन्न प्रक्रिया पश्चात् बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताएका छन् ।