काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक जारी छ। आज साँझ ५ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला गरी शुरु भएको हो ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ । आजको बैठकले नवनियुक्त सहसचिवको पदस्थापन गर्ने सम्भावना पनि रहेको छ ।
बैठकबाट आउने निर्णयहरूबारे थप विवरण पछि सार्वजनिक गरिने छ।