काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडी गाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारवाही गरेको छ ।
महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडी गाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो ।
उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।