काठमाडौँ । नेपाल टेलिकमले ५० रुपैयाँभन्दा कमको पनि रिचार्ज गर्न मिल्ने स्पष्ट पारेको छ।
इसेवा र केही बैंकहरूहरूबाट ५० रुपैयाँभन्दा कम रकम टप अप (रिचार्ज) गर्न नमिलेपछि रिचार्जको सीमा घटाइएको हो कि भनेर सर्वसाधारणमा अन्योल देखिएको थियो।
कुनै-कुनै भुक्तानी सेवा प्रदायक (इ-वालेट) बाट अहिले पनि १० रुपैयाँसम्म रिचार्ज गर्न मिलिरहेको छ।