२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

अ+ अ-

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रूपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो । 

“मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने भक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष विनोदकुमार बस्न्यातले भने, “यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ ।

मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकाली मन्दिरसम्म पुर्‍याउनका पदयात्राको महत्त्व रहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले बताए । उक्त पदमार्गमा नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्ध लखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोमा काउँले भङ्गार, कुहिरे भिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ ।

“देशभरीका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ, उनले भने, “हामीले गोरखा भ्रमण वर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।” मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भए पनि एकआपसमा जोडेर पर्यटन प्रवर्द्धन गर्न नसकिएको नगरप्रमुख राना मगरको भनाइ छ ।

पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ । “यी दुई मन्दिरका बीच दिदीबहिनीको सम्बन्ध रहेको पाइन्छ, नगरप्रमुख राना मगरले भने, मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सबै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ ।”