काठमाडौँ । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन ।
अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भएका छ ।







