काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताइन्।
सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ’काठमाडौँ महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । देशका धेरै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले के हेरेर बसेको छ रु’
उनले मन्त्रालयले कर्मचारीलाई रोकेर स्थानीय तहहरूमा नपठाउनुको कारण के हो ? भन्दै प्रश्न गरिन् ।