काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तीन हजार ९७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तीन हजार ९९५ कायम भएको थियो ।




