८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीको चेतावनी-कुलमानलाई हटाइए सडक र सदनबाटै आवाज उठ्छ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदै छ र मन्त्रिपरिषदबाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ,’ उनले भने ।

घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले स्मरण गरे ।

‘२०७२र०७३ सालमा नेपाल विद्युत् प्राधिकरण आठ ८९ करोड रुपैयाँको घटनामा थियो । अहिले २०८१–०८२ को ६ महिना अझै बाँकी छ प्राधिकरणको ११ अब ३६ करोड फाइदामा छ,’ शाहीले भने ।

नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए । यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए ।

‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने । उहाँहरू (सरकार)को बस चल्ने हो भने भोलि पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,’ शाहीले भने ।

साथै, उनले दशरथ रंगशालामा नेपाली नागरिकले कुटाइ खाएको भन्दै त्यसबारे प्रश्न उठाएका छन् ।

उनले खुलमखुल्ला जनतालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस