७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद पौडेलले भने-हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् ।

अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हतकडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताए ।

प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हतकडी र नेल लगाएर फिर्ता भएका छन् । हातमा हतकडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’

सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरेका छन् ।

विदेशमा रहेका नेपालीहरूको अवस्था बुझ्नका लागि सरकारले तुरुन्तै परराष्ट्र मन्त्रालयमार्फत गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गरेर नेपालीहरूको सुरक्षा गर्न पहल कदमी लिनुपर्ने उनको भनाइ थियो ।

संसारभरिका नेपालीहरू अपमानित हुने जुन प्रकारको अवस्था सिर्जना भएको छ यसको अन्त गरेर नेपालमै सुन्दर भविष्य खोज्ने वातावरण बनाउन सरकारले गम्भीर पहल गर्नुपर्नेमा उनको जोड थियो ।

विदेशमा रहेका नेपालीको सुरक्षा गर्न र त्यहाँ रहेका नेपालीहरूलाई सहजतापूर्वक नेपालमा फिर्ता गर्न सरकारले गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ थियो ।

नेपालमा भविष्य नदेखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको भाव दिने गीतबाट उनले सम्बोधन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस