९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस्ती संरक्षणका लागि तटबन्धन

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 

जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित रू ५० लाखको लगानीमा तटबन्धन गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका–१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उनको भनाइ छ ।

तटबन्धनको लागि उपभोक्ता समितिमार्फत काम तीव्र गतिमा भइरहेको भण्डारीले बताए । हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्धन गर्न तातिएको उनी बताउछन् । गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीको भनाइ छ ।

प्रवक्ता भण्डारीले भने, “गलकोट क्षेत्रमा धेरै खोलानाला छन्, यी खोलाहरूले बर्खामा बस्ती नै जोखिममा पार्ने गरेका छन्, नगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमा कटान रोक्नका लागि तटबन्धन गर्दै आएका छौँ, यस वर्ष पनि पचास लाखको लगानीमा तटबन्धनको काम धमाधम भइरहेको छ, तटबन्धनले बस्ती संरक्षण हुनेछ ।”

अहिले गलकोट नगरपालिका–३ मा ३५ मिटर, वडा नम्बर ४ मा २७ मिटर, वडा नम्बर ६ मा ५६ मिटर, वडा नम्बर ११ मा ४४ मिटर तटबन्धन निर्माण भइरहेको तटबन्धन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । खोलाको उच्च जोखिम भएको ठाउँलाई प्राथमिकता दिएर तटबन्धनको काम गरिरहेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस