७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्‍याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

समाजसेवामा समर्पित भई अतुलनीय योगदान पुर्‍याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा. मिनु सिग्देल लोहनी र डा. सुनिता थापालाई सम्मान गरिएको हो ।  

यसैगरी, महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मान पत्र एवं दोसल्ला ओढाए सम्मान गरे ।

त्यस अवसरमा नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताए । उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण  प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताए ।

उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताइन् । नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ र महिला विकास अधिकृत अनिता पौडेलले समावेशी योजना तयार गर्न सहयोग पुग्ने अपेक्षासहित नगर क्षेत्रमा बसोबास गरिरहेका लब्ध प्रतिष्ठित महिलाहरूको विवरण तयार गरिने बताइन् । 

सम्मानित हुनेतर्फ बागमती प्रदेशसभा सदस्यसमेत रहेकी यमुनादेवी श्रेष्ठ, समाजसेवी द्वय खतिवडा र गिरीले नगरपालिकाले महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो रहेको चर्चा गर्दै यसले समावेशी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

प्रतिक्रिया दिनुहोस