१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाको बैठक सकियो 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको बताएका छन्। 

सिंहदरवारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष ‘प्रचण्ड’ले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको बताए। 

उनले अहिले भइरहेका गतिविधिको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेको उनको आरोप छ। गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनले बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिध्याउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडि फर्कन नसक्ने बताए। उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको दाबी गरे।

त्यस्तै नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारीस्वरुप छलफल भएको बताए। उनले देश अप्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको बताए। उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए।

प्रतिक्रिया दिनुहोस