२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोस्तल र लागु औषधसहित काठमाडौँबाट एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२० घर भई हाल गोकणेश्वर नगरपालिका-२ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी रहेका छन् ।

जोशीले कोठामा अवैध हातहतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयनमा प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १० राउण्ड, लागुऔषध (पोल्याण्ड) २ सय ५० ग्राम, ट्रामाडोल १० क्याप्सुल, ल्यापटप १ थान, तराजु १ थान, मोबाइल ७ थान र आई प्याड १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

पक्राउ परेका जोशी यसअघि पनि अभद्र व्यवहार र लागु औषध कसुरमा पटक पटक पक्राउ परी मुद्दा दर्ता भई अनुसन्धान भएको खुल्न आएको छ ।