७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण

अ+ अ-

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ । बि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले  पूर्ण रूपमा क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

गाउँपालिकाद्वारा विनियोजित रु. ८८ लाख ६२ हजारको लागतमा भवन पुनर्निर्माण गरिएको उनले बताए । “नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको छ”, उनले भने, “अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने भएको छ ।”

आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि बि.सं. २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

“दोस्रो पटक म्याद थप गरेर बि.सं.  २०८१ असोजभित्र काम गर्नुपर्ने थियो, बल्ल भवन निर्माण भयो, नवनिर्मित भवनबाट सेवा प्रवाह पनि सुरु गरिएको छ”, उनले भने । महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।

“साँघुरो भवनको एउटै कोठाबाट कृषि, पशु, तथा प्राविधिक एवं पञ्जीकरणलगायत सेवा दिन निकै कठिन हुँदै आएको थियो”, वडाध्यक्ष रिमालले भने, “अबदेखि ती सबै समस्याबाट मुक्त भएका छौँ ।” भवन निर्माण भए पनि वडालाई सभा हलको अझै अभाव छ ।

उनले भने, “सभा हल निर्माणका लागि पनि आवश्यक पहल गरिसकेका छौँ, जिल्ला समन्वय समितिमार्फत सिफारिस भइसकेको छ भने भवनको माथिल्लो तलामा दुई कोठासहित एक सभा हल बनाउने लगभग निश्चित भइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस