१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘ज्ञानेन्द्रले मूर्खता नगरेको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ल्याउने बेलामा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले त्यति बेला ज्ञानेन्द्रले मूर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् ।

ज्ञानेन्द्रले मूर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो ।

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यति बेला तत्कालीन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ । हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्‍यौँ । ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘उनले धेरै मूर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो । भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’

पछिल्लो समय राजतन्त्र पुनः स्थापनाको कलाविहीन नाटक प्रदर्शन भइरहेको दाबी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्ने बताए ।

‘अहिले फेरि राजतन्त्र पुन; स्थापनाको कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनता अझै जागरूक हुन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न नयाँ सकंल्पको आधार तयार गरेका छन् । यसमा पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ,’ ‘प्रचण्ड’ले भने ।

कुनै पनि कथा, उपन्यास, फिल्म चल्नका लागि हिरो मात्रै भएर नहुने भन्दै अहिले भिलेनको रूपमा राजावादीहरू सक्रिय भएको बताए ।

‘कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ । भिलेनको रोल राम्रो भएन भने हिरो सक्रिय नहुन सक्छ । अहिले भइराखेको त्यही हो,’ ‘प्रचण्ड’को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस