६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेबिसंघको किल्ला भत्काउँदै ३० वर्षपछि त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ ।

३० वर्षदेखिको नेपाल विद्यार्थी संघ ( नेबिसंघ )को किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका हुन् ।

मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेबिसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए ।

सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।

कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् ।

सदस्यहरुमा नेबिसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले खुलेको यो क्याम्पस पश्चिम नेपालीको पुरानो क्याम्पसका रूपमा चिनिन्छ । यो क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो । यो क्याम्पसमा पहिलो पटक नेविसंघको किल्ला तोडिएको हो ।

प्रतिक्रिया दिनुहोस