७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत १५ र १६ गते हुने रिटर्नी फेडेरेसन राष्ट्रिय महाधिवेशनको उद्घाटन ओलीले गर्ने  

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केकाहरूको हकहितका पक्षमा क्रियाशील संस्था रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते काठमाडौँमा हुने भएको छ ।

महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिहरूको सहभागिता रहने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । 

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

महाधिवेशन आयोजनापूर्व संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ ओटा जिल्ला कमिटी र झण्डै २०० ओटा पालिका कमिटीको अधिवेशनहरू सम्पन्न भएको पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिए ।

दुईवटा प्रदेश कमिटी र सात वटा जिल्ला कमिटीहरूमा सम्मेलन आयोजक कमिटी निर्माण भई ६५ जिल्लामा संगठन विस्तार भएको छ । विभिन्न ७ वटा मुलुकमा फेडेरेसनका प्रवास प्रतिनिधिहरू रहेका छन् । संगठनले सञ्चालन गरेको सदस्यता विस्तार अभियान मार्फत ३५ हजार सदस्य थप भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०७७ साल पुस २७ गते नेकपा (एमाले) को जनसंगठन प्राप्तिका लागि संयोजन कमिटी गठन भई २०७८ साल पुस १६ गते घोषणा भएको फेडेरेसन औपचारिक रूपमा चौथो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो राष्ट्रिय महाधिवेशनबाट ९ पदाधिकारी सहित ९९ सदस्यीय केन्द्रीय कमिटी तथा ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गरिने केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस