२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला

अ+ अ-

बेलबारी (मोरङ) । जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन मात्र नभएर आफ्ना जातीय पोशाक निर्माण गरेर यतिबेला मोरङ बेलबारीका धिमाल समुदायका महिला आत्मनिर्भरता बन्न लागिपरेका छन् । 

बेलबारी नगरपालिकाले विसं २०७७ फागुन ३० गते धिमाल समुदायलाई पहिलो जातिका रूपमा सूचीकृत गरेको थियो । हाल नगरपालिकाले धिमाल समुदायलाई भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आयआर्जनका लागि समेत विभिन्न सीपमूलक कार्यक्रममा महिलालाई सहभागी गराउँदै अघि बढाउन थालेको छ । 

विशेषगरी महिलाले निर्माण गर्ने पेटानी, आल्गी, खदालगागत अन्य कपडा निर्माणका लागि तान वितरण गरेर सहयोग गरेको बेलबारी–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले बताए । उनी भन्छन्, “यस वडाका धिमाल महिलालाई दुई वर्षदेखि आवश्यकताअनुसार धागो दिइरहेका छौँ, गत वर्ष २८ परिवारलाई धागो वितरण गरेकामा यस वर्ष बढाएर ३० परिवारलाई धागो वितरण गरेका छौँ ।”

बेलबारी–३ ले धिमाल समुदायको बाक्लो बसोबास रहेको धिमाल टोल (भूमिडाँडा)मा तान र धागोसमेत वितरण गरेपछि धिमाल महिला यतिबेला सोही तान र धागोमार्फत पेटानी, आल्गी, खदालगायत सामग्री निर्माण गरेर बिक्री गरिरहेका छन् । 

एउटा खदाको मूल्य रू एक सयसम्म पर्ने गर्छ भने पेटानीको मूल्य रू दुई हजार पाँच सयसम्म पर्ने गरेको सीता धिमाल बताउछिन् । झापाको दमकमा सिकेर आएको सीप आफ्नै ठाउँका साथीलाई सिकाउँदै आफू पनि गर्दै गरेको उनी बताउछिन् । विगतमा भन्दा हाल खदा र पेटानीको माग बढ्दो रहेको उनले जानकारी दिइन् ।

“पुस्तौँदेखि गर्दै आएको सीपलाई नगरपालिकाले थप सहयोग गर्‍यो, घरमै बसीबसी रोजगारी बनेका छौँ”, सुस्मिता धिमालले भनिन्। एकै घरका तीन देउरानी जेठानी घरको काम भ्याएर बाँकी समय तानमा दिन्छौँ, सीपले मूल्य पाउँदा खुसी लाग्छ, स्थानीय मीरा धिमाल बताउछिन् । तान बुनेर आत्मनिर्भर बन्दै गएका छौँ, यसैबाट घरखर्च चलेको कल्पना र सविना धिमालको भनाइ छ । विगतमा पुरानो किसिमको तान रहेको र त्यसबाट थोरै मात्र सामग्री निर्माण गर्न सकिए पनि आधुनिक प्रविधिको तानबाट अहिले थोरै समयमा धेरै सामग्री उत्पादन गर्न सकिने स्थानीय सीता धिमालले बताइन्।

नयाँ प्रविधिसँगै नगरपालिका र वडा कार्यालयले सहयोग गरेपछि स्थानीय १५ देखि २० महिलाले रोजगारी पाएको र खदालगायत उत्पादन बिक्री पनि थालिएको पहिलो धिमाल जाति व्यवस्थापन समिति साथै धिमाल जाति विकास केन्द्र बेलबारीका सचिव टीकालाल धिमालले बताए । उनका अनुसार “उत्पादन हामी गर्छौँ, बजारीकरण सहजीकरणचाहिँ नगरपालिकाले गरिदिए अझ सहयोग हुने थियो ।” स्थानीय पालिकाले आफ्नो सबै औपचारिक कार्यक्रममा स्थानीयस्तरमा उत्पादित खदा प्रयोग गरिदिए आभारी हुने सचिव धिमालले बताए । बेलबारी नगरपालिका क्षेत्रमा हाल आठ सय ८९ घरपरिवार धिमाल रहेका छन् ।