२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त कार्यकारी निर्देशक शाक्यको दाबी-‘लोडसेडिङ हुँदैन भनेर एक हप्तामै काम गरेर देखाउँछु’

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । 

मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् ।

पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ता भित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म कम गर्छु ।’

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गरेर मंगलबार शाक्यलाई नियुक्ति गरिएको थियो । विवादमै नियुक्ति भए पनि उनले यसलाई चुनौती भन्दा पनि अवसरका रूपमा लिएका बताएका छन् । उनले त्यसबेला नियुक्ति पाउँदा गर्न नसकेका कामहरू अब पुरा गर्ने बताए । आफ्नो ३३ वर्षको अनुभवले राम्रो गर्ने दाबी गरे ।

‘यसअघि मेरो नियुक्ति भएको ६ महिनामै बाहिर पठाइएको थियो ।  लामो समयदेखि मैले न्यायको लागि अदालत धाइरहेको थिए । त्यहाँबाट लगभग न्याय पाइन भन्ने स्थितिमा पुगेको अवस्थामा सरकारले नियुक्ति दिएर न्याय दियो भन्ने लागेको छ’, उनले भने ।

विद्युतको क्षेत्रमा केही ठूला चुनौतीहरू रहेको उनले बताए । बाहिरबाट राम्रो देखिए पनि भित्र केही चुनौती रहेको पाएकोले यसलाई व्यक्तिले समाधान गर्ने भन्दा पनि टिम बनाएर काम गर्ने उनले बताए ।