२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागले भन्यो-‘एसएमएस आएपछि मात्र लाइसेन्स बुझ्न कार्यालय आउनू’

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ ।

कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको उल्लेख गरेको छ ।

यी माध्यमबाट सूचना तथा जानकारी लिएर मात्र सम्बन्धित यातायात कार्यालय पुग्न विभागले सूचित गरेको छ । अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग छ ।

तर, लाइसेन्स छपाइको काम भने अहिले पनि यातायात व्यवस्था विभागले नै गर्दै आइरहेको छ । लाइसेन्स छपाइको सूची लामो भएको र समयमै छाप्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

छपाइको काम छिटो सम्पन्न गर्न विभाग सचेत र गम्भीर रहेको समेत उल्लेख गरेको छ । विभागका अनुसार प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको छ ।