६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाले भने-‘तोडफोड र आगजनी निन्दनीय’

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत थापाले सरकारी दमनको कारण उत्तेजित भिडले तोडफोड र आगजनी गर्न पुगेको टिप्पणी गरेका छन् ।

‘तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनु अगावै मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि परिस्थिति अराजक हुन पुगेको हो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, प्रशासन गृह, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ ।’

पूर्वगृहमन्त्रीसमेत रहेका थापाले प्रदर्शनको क्रममा सरकारले दमन गरेको भन्दै भर्त्सना गरेका छन् ।

‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको राप्रपा नेपाल भर्त्सना गर्दछ । प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छन्,’ उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर कीर्तिपुरका युवा सविन महर्जनले सहादत प्राप्त गरेका छन् । तीनकुनेमा आगो लागेको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको सुन्दा स्तब्ध भएको छु । यो घटनाको जति नै निन्दा गरे पनि कम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस