काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।







