७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजामाथि कारवाही गर्न डा. बाबुराम भट्टराईको सरकारलाई सुझाव

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको भन्दै दलहरूले एक भएर आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।

गणतन्त्र पक्षधर दलहरूको सिंहदरवारमा बसेको बैठकमा आफ्नो धारणा सुरुमै राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

आफूहरू उदार भएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पनि शाहले आफूलाई राजाकै रूपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे ।

उनले सरकारलाई २ वटा सुझाव दिएको बताए । संविधानमार्फत नै राजसंस्थालाई उन्मुलन गरिएको र दलहरू उद्धार भएर शाहलाई देशमा नै शान्तिपूर्ण रूपमा रहने अवस्था सिर्जना गरिएको उल्लेख गरे ।

‘तर उनले आफूलाई राजा नै ठानेर त्यही रूपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सीधै ठगी धन्दा हो’, उनले आफ्नै उदाहरण दिँदै भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ तर मैले पनि बहालवाला प्रधानमन्त्री भन्दै तपाईंहरुलाई ठग्दै लाभ लिँदै हिँडे भनेँ के हुन्छ ? मलाई कानूनले त कारबाही गर्छ । त्यसकारण उनलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ भन्ने सुझाव दिएको छु ।’

त्यस्तै, उनले चैत १५ मा भएको राजावादीहरूको प्रदर्शनले निम्त्याएको हिंसात्मक परिणामबारे पनि आवश्यक छानबिन गरेर कानूनअनुसार कारबाही गरिनुपर्ने सुझाव दिइएको बताए ।

त्यस्तै, संघीय लोकतान्त्रिक दल तथा गणतन्त्रका लागि दलहरुबीच एकता कायम हुनुपर्ने सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस