२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवले भने-‘समाजलाई संगठित गर्नु आजको आवश्यकता’

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा संगठीत गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

भगवान् महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा ‘नेपाल जैन परिषद्’ले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरूलाई सम्मान गर्न र सहिष्णुता अंगीकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ ।”

भगवान् महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई थप सबल, सुदृद्ध र बलियो बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ । भगवान् महावीरका जीवन र उनले प्रतिपादन गर्नुभएका सिद्धान्तहरू सिंगो मानव जीवनका विविध पक्ष र आयामलाई समृद्ध बनाउने मार्गदर्शनबाट अभिप्रेरित भएको उपराष्ट्रपति यादवले बताए ।

“मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान् महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिनुका साथै उनले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिँड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ”, उनले भने ।

सामाजिक रूपमा, जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षसहितको विविधतायुक्त नेपालजस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरूले देश र समाजका सबै वर्गहरूबिच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको धारणा छ ।

नेपाल जैन परिषद्का अध्यक्ष विमल जैनले भगवान् महावीरले असत्यलाई सत्यबाट जित्नका लागि दिएको सन्देश आजको सान्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष हुकुम दुगडलाई सम्मान गरिएको थियो । त्यसैगरी अर्का पूर्वअध्यक्ष स्वर्गीय ओमप्रकाश नौलखालाई मरणोपरान्त सम्मान गरिएको थियो ।