२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन नियन्त्रण सम्बन्धी जिल्ला संरचना कायमै राखिने

अ+ अ-

काठमाडौँ । सरकारले मानव बेचबिखन तथा ओसार-प्रसार नियन्त्रण सम्बन्धी जिल्ला तहको संरचना कायमै राख्ने गरी ऐन संशोधन गर्न लागेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रतिनिधि सभामा दर्ता गरेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ मा यस्तो व्यवस्था प्रस्तावित छ ।

प्रस्तावित विधेयकमा मानव बेचबिखन नियन्त्रण सम्बन्धी प्रदेश स्तरमा प्रदेश सरकारले र स्थानीय स्तरमा स्थानीय तहले समिति गठन गर्न सक्ने भनिएको छ ।

साथै, हाल रहेको संघीय इकाइको रूपमा जिल्ला स्तरको संरचना पनि कायमै राख्ने भनिएको छ ।

प्रदेश समितिबारे विधेयकमा भनिएको छ, ‘यस ऐन बमोजिमको कसुर नियन्त्रण गर्ने तथा पीडितको उद्धार तथा पुनर्स्थापना गर्ने कार्यमा प्रदेश स्तरको सरकारी निकाय तथा गैरसरकारी संस्था बीच समन्वय गर्नको लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विरुद्धको प्रदेश समिति गठन गर्न सक्नेछ ।’

प्रदेश समितिको गठन, बैठक तथा काम कारबाही सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनले निर्धारण गरे बमोजिम हुने भनिएको छ ।