६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको बलुचिस्तानमा विस्फोट हुँदा तीन जना प्रहरीको मृत्यु, १६ घाइते

अ+ अ-

काठमाडौँ । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको  बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

दुई जना घाइतेको अवस्था गम्भीर छ । सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी-मेङ्गल (बीएनपी-एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो ।

घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपत्कालीन व्यवस्था मिलाइएको छ । सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ ।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । उहाँले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने ।

मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भने, “घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन ।”

हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसङ्ख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन् । यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस