काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार यो सेसनमा नेप्से परिसूचक १३.२३ अंकले बढेर २७०२.४६ विन्दुमा अडिएको छ। ५४ वटा स्क्रिप्सको ५५ हजार २३७ कित्ता सेयर १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ३७ स्टक्सको मूल्य बढेको छ भने १६ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको छ ।