९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनस् सभामुख अर्याल

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । 

पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखेका हुन् ।

“विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ ।”

मुलुकको आर्थिक विकाससँगै रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताए । पर्यटनमा नेपालले अथाह सम्भावना बोकेको उल्लेख गर्दै सभामुख अर्यालले विश्व पर्यटन बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्ने बताए । 

पर्यटन विधेयक अगाडि बढेको जनाउँदै उनले कानुन निर्माण प्रक्रियामा पर्यटन व्यवसायीलगायत सरोकार भएका पक्षको चासो र सरोकारलाई समेटिने बताए । 

“कुनै पनि कानुन निर्माण हुँदा पर्यटनसँग सम्बन्धित विषयमा यहाँहरूले पनि चासो लिनुहोस्, आवश्यकताका आधारमा कानुनलाई परिमार्जन र संशोधन गर्न सकिन्छ”, सभामुख अर्यालले भने, “सरोकार भएका पक्षलाई जानकारी नदिई र छलफल नगरी कुनै पनि कानुन बन्नुहुँदैन ।” 

सरकारले पोखरा, चितवन, बर्दियालगायत ठाउँको पर्यटन विकासलाई विशेष महत्त्वका साथ लिएको उनले बताए । 

सो अवसरमा पोखरा पर्यटन परिषद्का तर्फबाट दिगो पर्यटन विकाससँग सम्बन्धित १० बुँदे माग समेटिएको ध्यानाकर्षण पत्र सभामुख अर्याललाई बुझाइएको थियो । परिषद्का अध्यक्ष हरि भुजेलले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हालै सुरु भएको दुबई–पोखरा–दुबई उडानलाई दिगो र प्रभावकारी बनाउनुका साथै पोखराबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडानका लागि पहल गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ । 

पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जानेहरूका लागि श्रम स्वीकृति, भिसा प्रक्रियालगायत सेवा पोखराबाटै प्रदान गर्नुपर्ने, पोखराको लेकसाइडमा रहेका विभिन्न होटेल तथा व्यावसायिक भवनको सम्पन्नता तथा अभिलेखीकरणमा लाग्ने करको दरमा सहुलियत दिनुपर्ने, पोखराको लेकसाइडमा रहेको रत्नमन्दिरलाई सङ्ग्रहालयको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्नुपर्ने, फेवातालको जलाधार क्षेत्र संरक्षणलगायतका माग सम्बोधनका लागि पहल र सहजीकरण गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ ।  

ध्यानाकर्षण पत्र ग्रहणपछि सभामुख अर्यालले पर्यटन व्यवसायीहरूले उठाएका जायज मागको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। 

0 Comments