काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको उल्लेख गरेका छन् । जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको बताइएको छ ।
पोखरीको वरिपरि २ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिने बालेनले उल्लेख गरेका छन् ।