२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार ऐन आउँदो अधिवेशनमा पास हुने मन्त्री भण्डारीको दाबी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएका छन् ।

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्ने गरी ऐन संशोधनको काम थालनी भएको बताएका हुन् ।

उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरू रहेका कारण समयसापेक्ष सुधार गर्नका लागि ऐन संशोधन गर्न थालिएको जानकारी दिए। आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेको बताए।

उनले भने, ‘‘आजैदेखि वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेका छौँ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरू देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनका लागि ऐन पेस गर्ने गरी तयारी गरिरहेका छौँ ।’’

वैदेशिक रोजगार व्यवसायीहरूले पनि इमानदार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उनले सरकारले व्यवसाय गर्ने नभई सहजीकरण गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको औँल्याए ।

उनले भने, ‘‘श्रम मन्त्रालय व्यवसायी र श्रमिकहरू संस्थागत संगठनको शक्ति हो । त्यो नाताले तपाईँहरूले पनि इमानदारीपूर्वक आआफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुभयो भने सजिलो हुन्छ । सरकारले व्यवसाय गर्ने होइन सरकारले व्यवसायलाई सहजीकरण गर्ने हो । राजश्व आएर सरकार सञ्चालन हुन पाओस् र जनताले सुविधा पनि पाउन् । यो क्षेत्रमा उठेका तीन वटा कुरा मैले बारम्बार भन्ने गरेको छु ।’’

नेपाल राष्ट्र बैँकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरू भइरहेको मन्त्री भण्डारीको दाबी छ । उनले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।