७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी वेबसाइट ठप्प: सर्भर समस्याले सेवा अवरुद्ध

अ+ अ-

काठमाडौँ । सर्भर समस्याका कारण देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प भएका छन्। शुक्रबार बिहानदेखि सञ्चालनमा नरहेका यी वेबसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइटसहित संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ। डीएनएस सर्भरमा आएको खराबीले धेरैजसो वेबसाइट पूर्ण रूपमा बन्द छन् भने केही स्थानीय तहका वेबसाइट कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा छन्। प्रयोगकर्ताले वेबसाइट खोल्दा ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश देखिएको छ।

सर्भरमा बारम्बार देखिने यस्तो समस्या सरकारी संयन्त्रको पुरानो रोग बनेको छ। सार्वजनिक सेवालाई अनलाइन र डिजिटल बनाउने कुरा बारम्बार दोहोरिँदा पनि सामान्य वेबसाइटसमेत सञ्चालन नहुनु विडम्बनापूर्ण छ।

लामो समयदेखि सरकारी सर्भरमा पटक–पटक समस्या देखिँदा पनि सम्बन्धित निकायहरू मौन छन्। लगानी वृद्धि र नयाँ संरचना थप्ने काम भए पनि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमै सामान्य वेबसाइट र इन्टरनेट सञ्चालन हुन नसक्नु लज्जास्पद छ। करोडौँ रकम खर्च हुँदा पनि सामान्य वेबसाइट सञ्चालनमा ल्याउन नसक्नुले सम्बन्धित निकाय र अधिकारीहरूको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस