६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकपमा पुग्न भोलि अफगानिस्तानसँग भिड्दै नेपाल

अ+ अ-

काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले भोलि अफगानिस्तानसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुने खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।

पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ ।

छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

नेपालका लागि भने जितको विकल्प हुने छैन । नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो ।

छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएको थियो ।

पहिलो खेलको ब्याटिङमा अफगानिस्तानका ब्याटर हाबी भए । त्यसपछिका दुई खेलमा भने अफगानिस्तानका ब्याटर खुलेर खेल्ने सकेनन् । पहिलो खेलमा ३०० को आँकडा पूरा गरेको अफगानिस्तानले दोस्रो र तेस्रो खेलमा १६८ रन कटाउन सकेनन् ।

दोस्रो खेलमा १६८ र तेस्रो खेलमा ४६ रन जोड्दा ६ विकेट गुमाएको थियो । नेपाली पेस बलरसामु खुलेर खेलेका अफगानी ब्याटर स्पिनरसामु भने निरीह बन्न पुगेका थिए । त्यसकारण पनि शनिबार हुने खेलमा नेपालले प्रमुख हतियारको रुपमा स्पिनरलाई प्रयोग गर्नेछ ।

अफगानिस्तानसँगको सिरिजमा टोलीबाहिर रहेका युवराज खत्री नेपालका प्रमुख हतियार हुनेछन् । उनले छनोटअन्तर्गत पछिल्लो दुई खेलमा ९ विकेट लिइसकेका छन् । उनलाई विपिन शर्मा, सन्तोष यादव, अशोक धामीले साथ दिनेछन् । पेस बलिङमा अभिषेक तिवारी र कप्तान नरेन भट्ट रहनेछन् ।

अफगानिस्तानको बलिङसामु पनि नेपाली ब्याटर खुलेर चल्न सकेका छैनन् । नेपाली ब्याटर पहिलो खेलमा १७०, दोस्रो खेलमा १६७ र तेस्रो खेलमा १९१ रनमा समेटिए । छनोट प्रतियोगिताको पछिल्ला तिन खेलमा राम्रो सुरुआत पाएको नेपालले अफगानिस्तानविरुद्ध पनि ब्याटिङमा राम्रो सुरुआत पाउने अपेक्षा गरेको छ ।

शाहिल पटेल र निरज यादवले नेपालको ओपनिङ गर्नेछन् । उनीहरूलाई टपअर्डरमा कप्तान नरेन भट्टले सघाउनेछन् ।

सन्तोष यादव, रोशन विश्वकर्मासहितका खेलाडीले नेपालको मिडलअर्डर सम्हाल्नेछन् । अभिषेक तिवारी, हर्ष सोनारसहितका खेलाडीले नेपालको लोअर्डरमा रहनेछन् । नेपालका लागि बलिङमा घातक हुन सक्ने खेलाडीमा हाफिज जादरन, नुरिस्तानी ओमर्जाई र जैतुल्लाह शाहीनसहित खेलाडी छन् ।

अफगानिस्तानको ब्याटिङमा ओपनर खालिद अहमदजाई, फैसल खान शिनोजादा र कप्तान महबुब खानलाई रोक्न नेपाललाई चुनौती हुनेछ । अहमद जारी छनोट प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ३ खेलबाट २०२ रन बनाएका छन् ।

युएईविरुद्ध १३२ रनको शतकीय इनिङ खेलेका थिए । युथ ओडिआई सिरिजमा नेपालविरुद्ध एक खेलमा ७६ रन बनाएका थिए । फैसल खान पनि नेपालका लागि घातक हुन सक्ने अर्का ब्याटर हुन् ।

उनले युथ ओडिआईमा नेपालविरुद्ध ९७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । एक खेलमा ब्याटिङ गर्ने पालो नपाएका अफगानी कप्तान महबुबले दुई खेलबाट ८१ रन बनाएका छन् । उनले नेपालविरुद्ध पनि एक अर्धशतक प्रहार गरेका थिए ।

२०८० को माघमा भएको यू-१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस