काठमाडौँ । संसदीय समितिले पोखरा विमानस्थलको ठेक्का प्रक्रियाको प्रारम्भमै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो निष्कर्ष निकालेको हो ।
अध्ययन प्रतिवेदन सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका छन् ।
जहाँ ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको पहिलो निष्कर्ष छ ।
संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो ।