१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजसंस्थाको माहोल छ, अन्तिम धक्का दिऔँ’-कमल थापा

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एक ढिक्का हुन नेताहरूलाई आह्वान गरेका छन् ।

अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एक ढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरूलाई आह्वान गरेका छन् ।

आज काठमाडौँको शान्तिवाटीकामा राप्रपा नेपालले आयोजना गरेको प्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीको असफलताले राजसंस्थाको पक्षमा आफसेआफ माहोल बनेको जिकिर गरेका छन् ।

‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माहोल बन्दै गइरहेको छ । जनता स्वतःस्फूर्त आइरहेका छन्, हाम्रो संगठनात्मक प्रयासभन्दा पनि,’ उनले भने, ‘एकतातिर यी गणतन्त्र पक्षधरहरूको असफलता, अर्कोतर्फ हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियताको कारणले गर्दा माहोल तयार भइसकेको छ । अब अन्तिम धक्काको मात्रै आवश्यकता छ ।’

मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी लगायत नेताहरू सहभागी थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरूका लागि ‘अनुकूल अवसर’ भएको विश्लेषण सुनाए । त्यसैले चुप लागेर नबस्न उनले आह्वान गरे ।

‘यो अवस्थामा यदि हामी आफ्नो व्यक्तिगत स्वार्थ, कुण्ठाको कारणले गर्दा चुप लागेर बस्यौँ भने हाम्रो विचार र हाम्रो मान्यताको अस्तित्व नै समाप्त हुनसक्ने खतरा छ,’ थापाले भने ।

उनले भने, ‘हामी त कति दिन राजनीतिमा सक्रिय हौंला र । तर भोलिको पिँढीले हामीलाई के प्रश्न गर्ला ? त्यसैले एकातिर अत्यन्तै अनुकूल वातावरण र अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षडयन्त्र भइरहेको बेलामा पनि यदि हामी एक ठाउँमा उभिन सक्दैनौँ भने हामीलाई इतिहासले सराप्ने छ । त्यसैले म आग्रह गर्न चाहन्छु हाम्रा नेताहरूलाई कमसेकम केही समयका निमित्त हामी एक ढिक्का भएर अगाडि बढौँ ।’

यसअघि सो सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका थिए ।

त्यसपछि सम्बोधन गरेका थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलन अब नयाँ ढंगले अगाडि बढ्ने बताए ।

तर राज्यले दमनको नीति लिएको आरोप लगाउँदै थापाले त्यो संविधानको व्यवस्था विपरीत भएको तर्क गरे । लोकतन्त्रमा बोल्न र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधानमै व्यवस्था भए पनि सरकारले दमनको नीति लिएको उनको भनाइ छ ।

‘गणतन्त्र पक्षधर शक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेर, भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्तिलाई प्रयोग गरेर हिन्दु राष्ट्र र राजसंस्था कहिल्यै उठ्न नसक्ने गरी दमन गर्ने काममा लागिराखेको छ,’ थापाको आरोप छ, ‘राजालाई बदनाम गर्ने, हाम्रा नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर थुनामा राख्ने, हामीले गर्न लागेको कार्यक्रम हामीले चाहेको ठाउँमा गर्न नपाउने, यस्ता अनेकौँ हतकण्डा प्रयोग गरेर दमन गर्न लागिराखेको छ ।’

तर सरकार दमनमा उत्रिन खोजेको भन्दै उनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्नै नदिन खोजेको आरोप लगाए । त्यस सम्बन्धी कानुन बनाउन खोजिएको भन्दै उनले धम्कीको शैलीमा यदि त्यस्तो भए देशमा आगो बल्ने र त्यो आगोले तिनै नेताहरूलाई जलाउने बताए ।

प्रतिक्रिया दिनुहोस