१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको सीप मेलामा अटोमोबाइल्स विधा सिक्नेलाई ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराइने

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सीप मेला २०८१ बाट अटोमोबाइल्स विधामा सीप सिकेका ५ जना प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने भएको छ।

थिगो कम्पनीले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउन मेलामा सहभागी १० जना उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएकोमा ५ जना छनोट भएका छन् । ट्रेनिङका लागि छनोट भएका प्रशिक्षार्थीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् ।

आज काठमाडौं महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र थिगोका बिच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र थिगोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता आगामी ६ महिनाका लागि हो । प्रशिक्षणमा जानेहरूले वैशाख १६ गतेदेखि काम थालनी गर्नेछन् ।

मेलाबाट अटोमोबाइल्स विधामा स्नातक भएका १ सय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएको महानगरले जनाएको छ । यस्तै ३ जना स्वरोजगार भएका छन् । अन-दि-जब ट्रेनिङमा रुचि राख्ने ५१ जना रहेका थिए ।

५१ जनाहरूबाट व्यक्तिगत विवरण (सिभी) लेखन कार्यशाला आयोजना गरेर व्यक्तिगत विवरण तयार गर्न, व्यक्तित्व विकास गर्न र अन्तर्वार्तामा प्रस्तुत हुने शैलीका विषयमा प्रशिक्षण प्रदान भएको थियो ।

उक्त कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरणहरू बीाइडी, सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप), भिजी मोटर्स, सीप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, स्याकार ट्रेडिङ इन्टरप्राइजेज र थिगो (दिगो)सहित २८ वटा कम्पनीमा पठाइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस