१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भनेर उनले प्रश्न गरे ।

सांसद झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप समेत लगाए ।

चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि मिश्र प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले हतकडी लगाएको फोटो सार्वजनिक भएपछि त्यसको औचित्वबारे कतिपयले प्रश्न उठाइरहेका छन् ।

यसैसन्दर्भमा रास्वपा सांसद झाले पनि मिश्रमाथि राज्यबाट दुर्व्यवहार भएको आरोप लगाएका हुन् । ‘मिश्रको राजनीतिक विचारप्रति मेरो सहमति छैन तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

उनले रास्वपा सभापति रवि लामिछानेमाथि पनि राज्यले प्रतिशोध साधेको आरोप लगाए । त्यो कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको उनले टिप्पणी गरे ।

‘उहाँले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाएँ, हिरासतमा पुर्‍याएँ,’ भनेर अभिव्यक्ति दिएको बताउँदै झाले भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाएँ, हिरासतमा पुर्‍याएँ । उहाँलाई धन्यावाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’

प्रतिक्रिया दिनुहोस