काठमाडौँ । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे तीन बजे बोलाइएको छ। जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुने सचिवालयले जनाएको छ ।







