७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआई परीक्षणसम्बन्धी त्रिविविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश, दरपिठ निर्णय बदर

विद्यार्थीका शोधपत्र र शैक्षिक सामग्री परीक्षणमा प्रयोग हुने सफ्टवेयरको वैधानिकता तथा विश्वसनीयतामाथि प्रश्न उठाइएको रिटमा सर्वोच्चले न्यायिक सुनुवाइको बाटो खुला गरेको छ।

अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) परीक्षणसम्बन्धी त्रिभुवन विश्वविद्यालयविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अदालत प्रशासनबाट भएको दरपिठ निर्णय बदर गर्दै रिट दर्ताको बाटो खुला गरेको हो।

विश्वविद्यालयले विद्यार्थीका शोधपत्र, प्रतिवेदन तथा अन्य शैक्षिक सामग्री परीक्षण गर्न प्रयोग गर्ने सफ्टवेयरको कानुनी आधार, विश्वसनीयता र त्यसबाट विद्यार्थीलाई परेको असरबारे प्रश्न उठाउँदै कानुनका विद्यार्थीहरूले रिट पेस गरेका थिए।

रोशन आउजी, विवेक चौधरीलगायतका निवेदकले विश्वविद्यालयले आफ्नै मापदण्डका आधारमा एआई परीक्षणसम्बन्धी व्यवस्था लागू गर्दा विद्यार्थी प्रभावित भएको दाबी गरेका छन्।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदनको विषयवस्तु स्पष्ट नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्धको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले बौद्धिक चोरी नियन्त्रणसम्बन्धी विषयले कानुनका विद्यार्थीलाई असर पार्न सक्ने देखिएकाले न्यायिक निरूपणका लागि रिट दर्ता गर्न आदेश दिएको हो।

0 Comments