७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छ’ : मन्त्री रावल

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुन:स्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवा प्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गरिन्।

निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउन कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन् ।

मन्त्री रावलले भनिन्, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पुरा गर्नुपर्छ ।”

निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उनले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राखिन् ।

कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गरिन् । 

उनले भनिन्, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।”

उनले सार्वजनिक सेवामा सामान्य कामसमेत पुरा गर्न सेवाग्राहीले लामो समय कुर्नु, बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले नागरिकमा निराशा बढाएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुन पर्नेमा जोड दिइन्।

मन्त्री रावलले राज्यबाट जनतालाई प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रूपमा उपलब्ध गराउने काम कर्मचारीको मुख्य दायित्व भएको बताइन् ।

उनले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन् ।

उनले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्दै निजामती सेवाप्रति नागरिकको विश्वास पुन:स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरिन्।

महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले राज्यबाट प्रदान गरिने सेवा प्रवाह विभिन्न निकायसँग समन्वय र साझेदारी गरिए सरकारको कार्ययोजना सहजरुपमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । 

नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा संघ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान, सीप र क्षमता हासिल गर्न र सेवाकालीन जीवनमा लागू गर्न आग्रह गरे ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेश अधिकृतलाई जनताको सेवामा उत्कृष्टता ल्याउने प्रवृत्तिको विकास गर्न सुझाव दिए ।

परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण ढकालले राज्य सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नु ठुलो सम्मानित अवसर र जिम्मेवारी भएको हुँदा सेवाकालीन तालिम ज्ञान र चेतनाको जन्म दिने थलो भएको बताए ।

संघीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले नवप्रवेशी अधिकृतलाई भ्रष्टाचारलाई निरुत्साहित गर्दै नैतिकता र सदाचार अवलम्बन गर्ने जीवनशैली अपनाउन आग्रह गरे । 

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै आफूलाई निस्वार्थ राष्ट्र सेवामा समर्पित गर्न आग्रह गरे । 

वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले निजामती सेवाका नवप्रवेशीका लागि सक्षमतामा आधारित छ महिने पाठ्यक्रमले सार्वजनिक प्रशासनको आधारभूत मूल्य र मान्यता विकास गर्ने बताए । 

आजबाट छ महिनासम्म सञ्चालन हुने सेवाकालीन तालिममा परराष्ट्र सेवाका ९ जना, लेखापरीक्षण समूहका ११ जना, संघीय संसद् सेवाका ४ जना, सामान्य प्रशासनतर्फका १२८ जना र राजश्वतर्फका ३७ जना गरी १८९जना अधिकृत सहभागी छन् । 

0 Comments