२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किटमा नेपाली विद्यार्थी मृत्युको छानबिन गर्न संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले किट विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबार) बसेको बैठकले छानबिन गर्न भनेको हो ।

‘भारतको किट विश्वविद्यालयमा प्रीसा साहको मृत्युमा समितिको श्रद्धाञ्जली । यस प्रकारको घटना पटक पटक भइरहेको छ । सो को कारण पत्ता लगाइ । यस प्रकारको घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउँछ,’ समिति सभापति अम्बर बहादुर थापाले भने ।

यसअघि समिति सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालयमा भइ रहेको घटनाको छानबिन गर्न माग गरेका थिए ।

‘के भएको हो अनुसन्धान हुँदै छ भन्ने सूचना आएको छ । कीटमा १२ सय नेपाली छन् भन्ने सूचना आएको छ । दुई जना छात्रका मृत्यु भएको छ । छानबिनको माग गर्दछु,’ पौडेलले भने ।

शिक्षामन्त्री रघुजी पन्तले छानबिन भइ रहेको बताए ।

‘यो घटना हुन साथ परराष्ट्र मार्फत बुझ्न भनेको छु । त्यो विश्वविद्यालयमा कति विद्यार्थी छन तथ्यांक छैन । सबैले एनओसी लिएर गएको छैन । बोर्डर खुल्ला छ । यो युनिभर्सिटीमा कुन कुन एजेन्सीले पठाउने गरेको छ । किन घटना भयो छलफल गर्न निर्देशन दिएको छु,’ मन्त्री पन्तले समितिमा भने ।