काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन,’ उनले भने, ‘७५३ को सट्टा दुई सय बनाऔँ । पायक पर्ने ठाउँमा बनाऔँ दुईरतीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔँ, डाक्टर, नर्स र भवनको व्यवस्था गरौँ,’ उनले भने ।
तत्काल लोकप्रिय हुन नभएर दीर्घकालीन रूपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह गरेका छन् ।







