२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि जरुरी : सांसद श्रेष्ठ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सुमना श्रेष्ठले कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहने बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले कर्मचारीतन्त्रलाई एकरूपता दिन र उनीहरूको दक्षता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए 

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन कर्मचारीको क्षमता विकास लक्षित कार्यक्रम अनिवार्य भएको सुझाव दिए । सरकारले राम्रो नियतले अघि सारेका नीतिले समेत  सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन गाह्रो भइरहेको उल्लेख गर्दै उनले कर्मचारीमा दलीय संयन्त्र हटाउनुपर्नेमा जोड दिए । 

“जनप्रतिनिधिले ‘डेलिभरी’ दिने होइन कर्मचारीले गर्ने हो, हाम्रो डेलिभरीमा इफिसेन्सी चाहिन्छ । कर्मचारीतन्त्रको इफिसेनसी बढाउनुपर्छ”, उनले भने, “जनप्रतिनिधिका आफ्नै आयोजना हुन्छन्, ती आयोजना बजेटमा समावेश गराउँदा कर्मचारीहरू सोही गतिमा काम गर्न नसक्ने अवस्था छ, यो व्यवहारिक समस्या हो यसलाई समाधान गर्नुपर्छ ।

उनले कृत्रिम बौद्धिकताबाट उपलब्धी हासिल गर्नका लागि तथ्याङ्क नीति बनाउनु अनिवार्य भएको बताए ।  प्राथमिकता निर्धारण आवश्यकताका आधारमा गर्न सुझाव प्रस्तुत गर्दै उनले होडबाजी नगर्न आग्रह समेत गरे ।  

“जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा बजेट–बजेट भन्ने हो भने निर्वाचन त जितिन्छ, देश बन्दैन । होडबाजीमा बजेट ल्याउनु हुँदैन”, सांसद श्रेष्ठले भने ।