२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी  प्रत्यारोपण सुरु

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ । 

आज अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरेका छन् । उनले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे । 

“नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुंगा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भने,  “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”

नाम निजामती भए पनि अस्पताल सबै जनताको रहेको भन्दै अरु अस्पतालभन्दा यसलाई उत्कृष्ट बनाउनुपर्ने उनले बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने बताए । 

घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल चिकित्सक डा. सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण गर्नु नेपालमा पहिलो भएको बताए । “अरु प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरिए पनि कम्प्युटर नेभिगेशन प्रविधिबाट पहिलो पटक हो”, उनले भने, “यसले बिरामीलाई सहज र चाँडै निको हुने हुन्छ ।”

डा. मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका, घुँडा बिग्रिएका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने बताए । गत शनिबार र आइतबार चार जना बिरामीको सफल प्रत्यारोपण  गरिएको उनले जानकारी दिए । 

शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले गरिएको त्यस अवसरमा जानकारी दिइयो । डा. मरहठ्ठाका अनुसार प्रत्यारोपण गर्दा प्लाष्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने उक्त प्रविधिबाट हुने उपचारमा रु तीनदेखि साढे तीन लाख लाग्ने गरेको छ ।