काठमाडौँ । निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुँदैछ ।
उक्त बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
२१ फागुन २०८० मा संसदमा आएको उक्त विधेयक राज्य व्यवस्था समितिबाट पास भएर अगाडि बढेको हो । संघीयता कार्यान्वयनसँग जोडिएको यो विधेयक ऐनमा रूपान्तरित भएपछि प्रदेश निजामती सेवा कार्यान्वयनमा आउनेछ ।







