२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयक संशोधन सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि मन्त्री पन्तले सांसदको प्रश्नको जवाफ दिँदै यस विश्वविद्यालयले सुदूरपश्चिममा मात्र नभई देशको शैक्षिक र स्वास्थ्य शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे । 

“नेपालको मेडिकल साइन्ससम्बन्धी खुलेको पहिलो विश्वविद्यालय हो । देशको पिछडिएको भनिएको क्षेत्र सुदूरपश्चिममा खुलेको छ”, उनले भने, “कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपाली विद्यार्थी भारतमा जसरी लर्को लाग्दथे, अब उनीहरूको पाइला गेटामा गएर रोकिनेछन ।”

मन्त्री पन्तले झण्डै ५१.१ हेक्टरको क्षेत्रफलको जग्गामा ५० वटाभन्दा बढी संरचना निर्माण भइसकेको जानकारी गराए । उनकाअनुसार हालसम्म सबै ठुला संरचना सम्पन्न भइसकेका छन् । जसमा ३९ वटा ठूला भवन छन् ।

त्यसैगरी सभाअध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८२/८३ का राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि यही जेठ २१, २२ र २३ गतेको मिति तोके। छलफलमा भाग लिन चाहने सदस्यले दलीय आधारमा बैठक सुरु हुन एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रियसभामा नाम उपलब्ध गराउन उनले जानकारी दिए ।