२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ

अ+ अ-

पर्वत । मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । 

जिल्लाका उच्च पहाडी भू-भाग तथा सिमसार क्षेत्रमा धान रोपाइँ सुरु भएको हो भने अन्य स्थानमा कोदो रोपाइँ सुरु भएका छ । गत वर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष भने मध्य जेठमा नै धान र कोदो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कुश्मा नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाको खाली रहेका क्षेत्रमा कृषकहरूले धान खेती सुरु गरेका छन् । मनसुन समयमा नै भित्रिएको र केही समय ढिलाइ गरेर धान रोपाइँ कार्य सुरु गर्दा जनशक्तिको अभाव हुने भएकाले पनि सुरुमा नै रोपाइँ सुरु गरिएको कुश्मा–१४ आर्थरडाँडाखर्कका कृषक चन्द्रबहादुर क्षेत्रीले बताए।

पर्वतमा सात हजार ६२८ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुने गरेको छ । उच्च पहाडी, मध्य पहाडी र समथर भूभाग समेटेको पर्वतमा विशेषता सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा २७ हजार मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिइन्। धान खेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको सुवेदीले बताइन्। 

फलेवास नगरपालिका,पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान खेती हुने गरेको छ । धानसँगै कोदो रोपाइँमा समेत कृषकलाई भ्याइनभ्याइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कतिपय ठाउँमा कोदो रोपाइँ सकेपछि मात्र धान रोपाइँ सुरु गरिन्छ ।