२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको निर्देशन-‘विपद् जुनसुकै बेला पनि आउन सक्छ, तयारी अवस्थामा रहनुहोस्’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकतामा तयार रहन निर्देशन दिएका छन् । 

बुधवार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले प्रहरीलाई सतर्क र चनाखो रहन आग्रह गरे। उनले भने, “जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्प र आगलागीको पूर्वानुमान सम्भव हुँदैन।”

गृहमन्त्रीले अहिले मुलुक मनसुनको पूर्वसन्ध्यामा रहेकाले बाढी र पहिरोको जोखिम उच्च रहेको बताउँदै त्यसको तयारीमा सम्पूर्ण सुरक्षा निकाय विशेष गरी नेपाल प्रहरी सधैँ तयार रहनुपर्ने उल्लेख गरे।

“विपद् व्यवस्थापन नेपाल प्रहरीको कानुनी जिम्मेवारी हो। प्रहरीको उपस्थिति सर्वसाधारण तहमा मजबुत छ। जनतामा प्रहरीप्रति विश्वास बढ्दो छ र विपद्को समयमा पहिलो सहारा प्रहरी नै हुने भएकाले जनभावनालाई सेवाको भावनासहित सम्बोधन गर्नुपर्छ,” गृहमन्त्री लेखकले भने।

उनले प्रहरीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै, ‘बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आजैदेखि तयारी थाल्नुपर्छ, ’भने। साथै, ‘समयमै पूर्वसूचना प्रवाह गर्नु र उद्धारका लागि तयारी अवस्थामा रहनु जरुरी छ,उनको भनाइ थियो।

गृहमन्त्री लेखकले जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान रहेको जनाउँदै त्यसअगावै सबै पूर्वतयारी पूरा गर्न निर्देशन दिए।

उनले यस वर्ष नेपाल प्रहरीको बजेट अघिल्ला वर्षहरूभन्दा वृद्धि भएको उल्लेख गर्दै, तलब, पोसाक तथा महँगी भत्तामा कुनै समस्या नआउने स्पष्ट पारे। 

साथै, नेपाल प्रहरीको ऐन संशोधनका विषयमा संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने जानकारी पनि दिए।