२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईसीएलको अध्यक्षमा ४ आकांक्षी, नेतृत्व चयन सर्वसम्मत प्रयास जारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को नेतृत्व चयन सर्वसम्मत प्रयास जारी छ ।

आकांक्षी धेरै भएर सहमति नजुटेपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पालीलगायतका वाईसीएलका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर फर्किएका छन् ।

खुमलटार पुगेका नेताहरूलाई ‘प्रचण्ड’ले भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भनेको इन्चार्ज सापकोटाले बताए ।

उनले भने, ‘भएसम्म अध्यक्षबाट सर्वसम्मत नेतृत्व चयन गर्नुस् भन्नुभएको छ । सहमति नभए निर्वाचन हुन्छ । पार्टी नेतृत्वबाट कुनै हस्तक्षेप भएको छैन ।’

अहिलेसम्म आकांक्षीमध्ये ४ जनाको नाम अग्र स्थानमा छ । केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐर आकांक्षी छन् ।

यसमध्ये यसअघि उपाध्यक्ष भएकाले कुँवरको नाममा सहमति बन्न सक्ने चर्चा छ, तर सापकोटाले अहिलेसम्म कसैको नाममा सहमति नभएको दाबी गरे ।

वाईसीएलको महासचिवमा भने वर्तमान सचिव हरि ढकालले दाबी गरेका छन् ।